काठमाडौं १३ फागुन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच जारी युद्ध यसै वर्ष अन्त्य हुने आशा व्यक्त गरेका छन्।
बीबीसीका अनुसार जेलेन्स्कीले भनेका छन्, ‘हामीलाई आशा छ कि हामी यो वर्ष युद्ध समाप्त गर्न सक्छौँ।’
रुसलाई रोक्न युक्रेनलाई आगामी वर्षमा सुरक्षा ग्यारेन्टी चाहिने उनले बताएका छन्।
उनले युरोपेली युनियन र उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० मा सामेल हुन ‘ठूलो सहयोग पुग्ने’ बताए।
हालै जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए।








प्रतिक्रिया दिनुहोस्