ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ-वर्षमान पुन


एबीसी न्यूज

काठमाडौं १३ फागुन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्।

झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको दाबी गरेका हुन्।

जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए।

‘तानाशाहहरू, प्रतिगामीहरू, सामान्तहरू पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याइ राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरू हिंडिराखेका छन्। खबरदार, त्यो दिवासपना नदेखे हुन्छ। जनता फेरि जाग्नेछन्।’

उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए।

‘हामीले क्रान्ति सजिलै गरेका होइनौँ। प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं हजारको बलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरू पछुताउनुपर्नेछ।’

पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडिओ सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए। ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट पनि आपत्ति जनाइरहेका छन्।

नले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका कांग्रेस र एमालेले जनभावनाअनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए। जनताको भावनाविपरीत अघि बढे उनीहरूलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरूले भ्रम छर्ने प्रयास गरेको बताए।

पञ्चायतको ३० वर्षमा ७ हजार किमी र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किमी सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किमी सडक बनेको तथ्यांक प्रस्तुत गरे।

सामान्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेसीहरू गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com