ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी


एबीसी न्यूज

काठमाडौं १२ फागुन । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम भएको छ ।

सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति राज्यमन्त्री अरुण चौधरीका साथ मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए। प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु र स्थानीयको सहभागिता थियो ।

पशुपति मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिर मूलढोका पुगेर समापन भएको थियो ।

प्रभातफेरीपछि मन्दिर परिसर निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनलाई सहज दर्शन व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए । शिवरात्रि पूर्वसन्ध्यामा सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थीलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूलमन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए ।

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । बुधबार ९१४ फागुन० मा परेको महाशिवरात्रिमा नेपाल र भारत लगायत देशबाट साधुसन्त आउने क्रम जारी छ । साधुसन्तका लागि खानेबस्ने सुविधा प्रबन्ध गरिएको छ ।

शिवरात्रि ९फागुन कृष्ण चतुर्दशी० मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । शिवरात्रिको भोलिपल्ट औंसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिने छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्छ । पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com