ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दन र वर्षमानका साथ आज तराई-मधेस जागरण अभियान सुरु गर्दै प्रचण्ड


एबीसी न्यूज

काठमाडौं १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तराई(मधेस जागरण अभियान आज ९फागुन १२ गते० झापाबाट सुरु गर्दै छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई साथमा लिएर उक्त अभियान झापाको कचनकवलबाट शुभारम्भ गर्न लागेका हुन्।

त्यसका लागि उनीहरू आइतबारै झापा पुगिसकेका छन्।

अभियान सुरु गर्नुअघि आज सोमबार बिहान प्रचण्डले जनार्दन र वर्षमानलाई दायाँबायाँ लगाएर मर्निङवाक गरेका छन्।

प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरेको थियो।

मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान र जनार्दनलाई दायाबायाँ राखेको तस्बिर सार्वजनिक भएको छ। जहाँ शक्ति बस्नेत, अग्नि सापकोटालगायतका नेताहरू पनि देखिन्छन्।

दलाल, बिचौलिया तथा भ्रष्टाचारी संरक्षण गर्ने, अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको विरोध गर्न उक्त अभियान थालिएको माओवादी केन्द्रले जनाएको छ।

सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानलगायत अन्य धेरै विषय सम्बोधनका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

अभियानस् कहाँ, कहिलेरु

कोसी प्रदेश

झापास् फागुन १२ गते

मोरङस् फागुन १३ गते

सुनसरीस् फागुन १५ गते

मधेस प्रदेश

सप्तरीस् फागुन १६ गते

सिरहास् फागुन १७ गते

धनुषास् फागुन १८ गते

महोत्तरीस् फागुन १९ गते

सर्लाहीस् फागुन २१ गते

रौतहटस् फागुन २२ गते

बारास् फागुन २३ गते

पर्सास् फागुन २४ गते

बागमती प्रदेश

चितवनस् फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर ९नवलपरासी पूर्व०स् फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी ९नवलपरासी पश्चिम०स् फागुन २७ गते

रुपन्देहीस् फागुन २८ गते

कपिलवस्तुस् चैत्र २ गते

दाङस् चैत्र ३ गते

बाँकेस् चैत्र ४ गते

बर्दियास् चैत्र ५ गते

सुदूरपश्चिम प्रदेश

कैलालीस्चैत्र ६ गते

कञ्चनपुरस् चैत्र ७ गते

यस्तो छ माओवादी केन्द्रको भनाइस्

जनतासँग माओवादी हुलाकी मार्गकेन्द्रित तराई(मधेस जागरण अभियान किनरु

प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न।

सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न।

दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न।

अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन।

दलित समुदायमाथि हुने जातीय छुवाछूत तथा महिलामाथिको हिंसाको विरोध गर्दै उत्पीडित वर्ग एवं समुदायका संवैधानिक हक सुनिश्चित गर्न।

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि एवम् सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासिनताको विरोध गर्न।

सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता(गठबन्धननिकट व्यक्तिलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको विरोध गर्दै सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण बनाउन।

हाम्रो पार्टी नेतृत्वको सरकारले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज समस्या समाधानका लागि गरेको ऐतिहासिक पहलकदमीको स्वामित्व स्थापित गर्दै हाल मिटरब्याज पीडितको समस्या समाधान गर्न।

सरकारले देखाएको चरम उदासीनताप्रति भर्त्सना गर्दै मिटरब्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन।

नागरिकताविहीन हजारौँ नेपालीलाई नागरिकता दिन हाम्रो पार्टी नेतृत्वको सरकारले कानुन निर्माणमा लिएको पहलकदमीको अपनत्व लिँदै यससम्बन्धी देखिएका व्यावहारिक कठिनाई हटाउनका लागि ध्यानाकर्षण गराउन।

राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्र हितको पक्षमा दृढ अडान र देशभक्त शक्तिलाई एकता र सहकार्यका लागि आह्वान गर्न।

सरकारले संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्वको अधिकार खोस्न सक्ने खतराप्रति सचेत गराउँदै उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखपूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायतका हाम्रो पार्टीको मतलाई मूल आधार बनाएर संविधान संशोधनको मुद्दा उठाउन।

मैथिली, भोजपुरी, अवधि, थारूलगायतका राष्ट्रभाषालाई सरकारीको कामकाजको भाषाको रूपमा स्थापित गर्न, तराई मधेसमा सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि सशक्त आवाज उठाउन।

किसानले मल, बीउ, बजार सुनिश्चिततालगायतका भोग्दै आएका समस्या हल गर्न स्थानीय कृषि उत्पादनमा वृद्धिमार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि दबाब दिन।

जनतासँग प्रत्यक्ष संवाद र अन्तर्क्रियाबाट स्थानीय जनसरोकार, जनजीविका तथा विकास निर्माणसँग सम्बन्धित समस्याबारे जानकारी लिई पार्टीका तर्फबाट आवश्यक पहलकदमी गर्न। विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्दै समयमै योजना सम्पन्न गर्न, योजनाको पारदर्शिता र गुणस्तरीयताको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन।

वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीमाथि पूर्ण नियन्त्रण गर्दै सम्मानजनक प्रवासन तथा रिटर्नीलाई उद्यमशीलताको अवसर प्रदानका लागि आवाज उठाउन।

कांग्रेस, एमालेको सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले त्यसको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिन।

हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्न तथा यसलाई कृषिजन्य उत्पादन र ग्रामीण उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न राज्यलाई दबाब दिन।

जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालनको साटो निजीकरण गरेर कराडौँको राष्ट्रिय सम्पत्ति दोहन गर्ने सरकारी षड्यन्त्रको भण्डाफोर गर्न। विभिन्न प्राकृतिक प्रकोपका पीडितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि दबाब सिर्जना गर्दै आगामी दिनमा बाढी,पहिरो, खडेरी जस्ता विपदबाट बच्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी पार्टीको तर्फबाट पहलकमदमी लिन, यसमा तिनै तहका सरकारको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे आम जनतालाई जागरूक बनाउन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com