ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तराईको तापक्रम बढ्न थाल्यो


एबीसी न्यूज

काठमाडौं १२ फागुन । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्का वर्षा भएको छ ।

गएको १२ घण्टामा मोरङको केराबारी, सप्तरीको रुपेनी बजारलगायतका क्षेत्रमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको छ ।

आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलिदेखि मौसममा थप सुधार हुने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

यसैबीच तराईको तापक्रम बढ्न थालेको छ । महाशाखाका अनुसार हिजो जनकपुर र भैरहवाको अधिक्तम तापक्रम ३० डिग्री पुगेको छ भने नेपालगन्ज र धनगढीको २८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पूर्वी तराईमा न्यूनतम तापक्रम पनि बढ्दो रहेको छ । यो वर्षको हिउँदमा अहिलेसम्म उच्च हिमाली र पहाडी भागमा हल्का हिमपात र वर्र्षा भए पनि तराई सुक्खा नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com