काठमाडौं ११ फागुन । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले उनीहरूकै भतिजालाई पक्राउ गरेको छ ।
माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार हिजो शनिवार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए । उनीहरूको हत्या गरेको आरोपमा भतिजा नाता पर्ने ३४ वर्षीय पङ्कज नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पङ्कजको घर मृतकको घरबाट नजिकै छ ।








प्रतिक्रिया दिनुहोस्