ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाको दाबी


एबीसी न्यूज

काठमाडौं ११ फागुन । तराई मधेश–काठमाडौं द्रुतमार्ग फास्ट ट्याक को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ ।

सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको बताएको हो ।

सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीका अनुसार, हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८।२६ प्रतिशत भएको छ ।

सेनाले २१ वैशाख २०७४ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

तर, अहिलेको वित्तिय प्रगति अनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौति देखिन्छ । फास्ट ट्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताए ।

‘काम हुँदै गर्दा पछि प्रतिशत पनि ह्वात्तै बढेर जान्छ, हामीले तोकिएकै समयमा कार्य सम्पन्न गर्ने गरी काम गरिरहेका छौं’, उनले थपे, ‘२०७४ वैशाखमा हामीलाई यो हस्तान्तरण भएपनि खास काम अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेर २०७८ देखि मात्र सुरु भएकाले यसमा ढिलाइ भएको हो ।’

उनले यो आयोजनालाई चाँडै प्रगति हाँसिल गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको जिकिर गरेका छन् ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०।९७७ किलोमिटर रहेको छ । काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com