ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महालेखाकाे प्रतिवेदनमाथि सदनमा छलफल गर्न माग


एबीसी न्यूज

काठमाडौं ११ फागुन । नेपाली कांग्रेसकी सांसद कुसुम थापाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन संसदमा छलफल नभएको विषयमा प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रतिवेदनपछि सम्बन्धित समितिले दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा पनि प्रश्न गरिन्।

‘प्रतिवेदनले औँल्याएका कमीकमजोरीहरू सुधार भई बेरुजु घट्नेभन्दा पनि झन्‌झन् बढिरहेको तथ्याङ्कमा देखिन्छ। तीनै तहका सरकारी निकायको हालसम्मको कुल बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड छ। अघिल्लो आर्थिक वर्षमा मात्र २ खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख रुपैयाँबराबरको बेरुजु थपिएको छ,’ उनले भनिन्, ‘जुन महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएको विषय हो। हाम्रो वित्तीय अनुशासन र वित्तीय प्रभावकारितासँग जोडिएका यस्ता विषय संसदमा मूल विषय भएका छैनन्। महालेखापरीक्षकको ५५औँदेखि ६१औँ वार्षिक प्रतिवेदनहरू संसद्को छलफलमा आएकै छैनन्। सम्बन्धित समितिमा छलफल भई निर्देशन भए पनि त्यसको प्रभावकारिता किन देखिदैन

सार्वजनिक निकाय र सरकारको उत्तरदायित्व, जवाफदेहितासँग जोडिएका महालेखापरीक्षकको वार्षिक प्रतिवेदन संसदको छलफलमा आउनुपर्ने बताएकी उनले पछिल्ला प्रतिवेदनका बारेमा संसदमा शीघ्र छलफलमा ल्याउन सभामुखमार्फत ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com