परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण छिट्टै हुने बताएका छिन्। शनिबार ‘द हिन्दु’सँगको कुराकानीमा उनले आउँदो अप्रिलमा बैंककमा हुने बिमस्टेक सम्मेलनपछि भारत भ्रमणको तय हुने बताएकी हुन्।
बिमस्टेक सम्मेलनको अवसरामा साइडलाइनमा दुबै देशका प्रधानमन्त्रीको भेट हुने र त्यसपछि भारत भ्रमणको मिति पनि तय हुने उनको दाबी छ। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणको निम्तो आउने उनले आशा व्यक्त गरेकी छिन्।
।
ओली सरकार गठन भएपछि दुईपटक भारत पुगेकी राणाको भनाइले दुई देशबीचको सम्बन्धमा असहजता कायम नै रहेको संकेत गरेको द हिन्दुमा प्रकाशित समाचारमा लेखिएको छ । मोदी सरकारले ‘असामान्य’ तरिकाले नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न ढिलाइ गरिरहेको पनि उल्लेख छ।
भारतबाट ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । यसले पनि दिल्ली र काठमाडौँबिचको दूरी झनै बढाएको विश्लेषण हुँदै आएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई चाइनाकार्डको संज्ञा दिएका थिए। ओलीको चीन भ्रमणको विषयमा प्रचण्डले गरेको टिप्पणीले एमाले माओवादीबीच नोकझोक चलेको थियो ।
प्रचण्डको टिप्पणीलाई प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिनुको भडास भएको भन्दै खण्डन गरेका थिए । प्रधानमन्त्री ओलीले सरकार दुबै छिेमेकी देशसंग समदूरीमा रहेको दाबी गर्दै आएका छन्।। यस विषयमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सरकार विदेश नीतिमा असफल भएको दाबी गरेका छन्। उनले एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा नेपालका शासकहरुले आत्मसम्ममान गुमाएको उनको आरोप छ। अमेरिका, चीन र भारतसंग समदुरीमा सम्बन्ध विस्तार गर्न ठोस विदेश नीति बनाउनु पर्ने समेत उनले सुझाएका छन्।
गएको हप्तातिर मस्कटमा इन्डियन ओसन कन्फरेन्समा समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग सौहार्दपूर्ण कुराकानी भएको राणाले दाबी गरेकी छिन्। उनका अनुसार जयशंकरसँग नेपाली सामग्रीको गुणस्तर क्लियरेन्स, जलविद्युत आयोजनाको प्रगति, पोखरा र भैरहवा विमानस्थलका लागि हवाई रुट लगायत विषयमा खुलेर छलफल भएको थियो ।
‘दुई विदेशमन्त्रीबिच प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय भएको हो भन्ने प्रश्नमा मन्त्री राणाले ‘निमन्त्रणा आउने बित्तिकै भारत भ्रमण हुने दाबी गरेकी छिन्। यसको अर्थ हालसम्म भारतबाट कुनै पनि औपचारिक निमन्त्रणा नआए पनि छिट्टै निम्तो आउने उनले दोहो¥याईन्।








प्रतिक्रिया दिनुहोस्