काठमाडौं ११ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ ।
उनको जन्मदिनमा झापाको कन्काई नगरपालिका(२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं। २ लगायतको अगुवाइमा पूजा गरिएको हो । अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।
वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ओली जन्मोत्सवका अवसरमा गृहजिल्ला झापास्थित कन्काइ– २ स्थित धनुषकोटीधाम किरातेश्वर मन्दिरको परिसरमा गरिएको वृक्षरोपण । तस्बिरः राजकुमार ओलीररासस
अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्वलन कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं। २ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौडेललगायत सहभागी थिए ।








प्रतिक्रिया दिनुहोस्