काठमाडौं ११ फागुन । ललितपुरको सिभिल होम्सको एक घरमा आगलागी भएको छ। आइतबार बिहान ललितपुर महानगरपालिका २७ सुनाकोठीका सुमनकुमार जोशीको घरमा आगलागी भएको हो।
उनको घरको माथिल्लो तलामा रहेको मन्दिर कोठाबाट आगलागी सुरु भएको थियो।
मन्दिरमा बालेको दियोबाट प्लाइबोर्डमा आगो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
उनका अनुसार नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीले २ वटा दमकलकोक सहायतामा आगो निभाएको छ।
क्षतिको विवरण आउन बाँकी छ।








प्रतिक्रिया दिनुहोस्