ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केबुलकार विवाद: फुङलिङमा झडपपछि १५ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं ११ फागुन । ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको झडपपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।

उछृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए।

राँके जुलुस निकाल्ने क्रममा शनिबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

पदयात्रा सकेपछि ताप्लेजुङको फुङलिङ बजारस्थित वीरेन्द्र चोकमा कोणसभा गर्ने भनिए पनि प्रदर्शनकारीले एकाएक राँके जुलुस निकालेर सर्बसाधारणको घरमा छिरेपछि झडप भएको प्रहरीले जनाएको छ।

राँके जुलुस निकाल्ने क्रममा सर्वसाधारणको घर घरमा राँको लिएर प्रदर्शनकारी छिर्न थालेपछि अवस्था बिग्रिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।

‘साँझ उहाँहरूको कोणसभा गर्ने कार्यक्रम थियो, कोणसभा नगरी राँके जुलुस निकाल्नुभयो,’ उनले भनिन्, ‘राँके जुलुस लिएर सर्वसाधारणको घर घरमा छिर्न थालेपछि समस्या भएको हो।’

प्रदर्शनकारी नागरिकको घर घरमा छिरेपछि अवस्थालाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङवासी पाथिभरामा केबुलकार बन्नु पर्छ र बन्नु हुँदैन भन्ने दुई ध्रुवमा विभाजित छन् । केबुलकार बन्नु हुँदैन भन्ने पक्षले केबलकार निर्माण स्थल केन्द्रित आन्दोलन गर्दै आएका छन्।

केबुलकार बन्नु पर्छ भन्ने पक्षले तिन दिन पहिला फुङलिङ बजारमा केबुलकार बन्नु पर्ने भन्दै सद्भाव र्‍याली निकालेका थिए।

सम्भावित घटना हुन नदिन आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ ९क० बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com