ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवासँगको भेटबारे सिटौलाले गरे आफ्ना गुटका नेतालाई ‘ब्रिफिङ’


एबीसी न्यूज

काठमाडौं १० फागुन । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन्। सिटौलाले आफ्नो समूहमा रहेका केही नेतालाई आज आफ्नै निवास चन्डोलमा बोलाएर छलफल गरेका हुन्।

छलफलमा पार्टी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान, कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायत सहभागी थिए।

छलफलमा सहभागी बागमती प्रदेशका मन्त्रीसमेत रहेका काफ्लेले पार्टी र समसामयिक राजनीतिक गतिविधिबारे छलफल गरेको जानकारी दिए।

‘फागुन २ मा सभापतिसँग भएको भेट र विकसित राजनीतिक घटनाक्रमबारे कृष्ण दाइले जानकारी गराउनु भयो,’ काफ्लेले नेपालखबरसँग भने, ‘छलफल पार्टीलाई कसरी संस्थागत ढंगले अघि बढाउने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको तयारीलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भयो।’

छलफलबाट पार्टी संस्थापन पक्षको राजनीतिक गतिविधिलाई सहयोग गर्दै प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्ष निकालिएको सहभागी एक नेताले जानकारी दिए।

फागुन २ गते सिटौलाकै सक्रियतामा सभापति शेरबहादुर देउवालाई १४औँ महाधिवेशनमा सहयोग गरेका पुराना नेताले बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए।

उक्त भेटमा देउवालाई नेताहरुले पार्टीको १५औँ महाधिवेशनमा संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा चासो राखेका थिए। उनीहरुले शेखर कोइराला र गगन थापा मात्रै सभापतिको उम्मेदवार भएको जस्तो प्रचार भएको भन्दै संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com