ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता छैन– ट्रम्प


एबीसी न्यूज

काठमाडौं, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध अन्त्यमा लागि बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले केही सहयोग नगरेको आरोप लगाएका छन्।
साथै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि युद्ध विरामको विकल्प नभएकोमा जोड दिएका छन्। उनले वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता आफूले ठहर नगरेको फेरि प्रष्ट पारेका छन्।
यस बिचमा मध्यपूर्वका लागि ट्रम्पका दूत केइथ केलगको भाषा भने फरक थियो। उनले उनले जेलेन्स्कीलाई उत्साही नेताको रूपमा लिएको बताएका थिए। ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाएपछि केलग र जेलेन्स्कीको वार्ता भएको हो।

जेलेन्स्कीलाई वार्तामा नबोलाएपछि युरोपका धेरै नेताले उनको पक्षमा बोलेका थिए। बेलायती प्रधानमन्त्रीले रुस र युक्रेनको सीमामा सेना पठाएर सुरक्षा गर्नेसमेत बताएका थिए। युरोपेली नेतालाई रुस र अमेरिकाको वार्तामा नबोलाइए पछि उनीहरूको बीचमा बारम्बार छलफल भएको छ। पेरिसमा युरोपेली सम्मेलनको समेत आयोजना भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, युरोपेली युनियन, अस्ट्रेलिया, क्यानडा र जापान समेत मिलेर रुसमाथि २० हजार भन्दा बढी प्रतिबन्ध लगाएका थिए।
जनवरीमा मात्र धेरै देशले युक्रेनलाई सहयोग गर्ने विषयमा हस्ताक्षर गरेका थिए। सोही क्रममा पनि स्टेइमरले युक्रेनको स्वतन्त्रताका लागि सधैँ साथ दिने बताएका थिए। शुक्रबार फक्स न्युजको अन्तरवार्तामा ट्रम्पले आफ्नो प्रयास विना रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिचको वार्ता असम्भव नै रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com