ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले इजरायललाई ४ जना बन्धकको शव हस्तान्तरण गर्‍याे


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार  ८ : ४९ बजे

काठमाडौं ८ फागुन । प्लालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई चार जना बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले गाजामा चार जना बन्धकको शव इजरायली सेनालाई बुझाएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमासका अनुसार इजरायली आक्रमणमा मारिएका चार जनामा बिबास परिवारका तीन सदस्य छन् जसमा आमा शिरी र उनका साना छोराछोरी केफिर र एरियल छन् । केफिर र एरियल अपहरणमा पर्दा नौ महिना र चार वर्षका थिए । हस्तान्तरण भएको चौथो शव ८४ वर्षीय ओडेड लिफ्सिट्जको हो ।

शव हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चार वटा कालो कफिन प्रदर्शन गरेको थियो । अब इजरायली रक्षा बल ९आईडीएफ० शवको औपचारिक पहिचानका लागि जाफाको अबु कबीर फरेन्सिक इन्स्टिच्युटमा लैजाने छ । शवको परीक्षणपछि मृतकका परिवारलाई जानकारी गराइने खबरमा उल्लेख छ ।

यसअघि हमासले इजरायली आक्रमणमा मारिएका चार जना बन्धकको शव हस्तान्तरण गरिने बताएको थियो । गएको महिना युद्धविराम शुरू भएयता हमासले मारिएका बन्धकहरूलाई फिर्ता गरेको यो पहिलो पटक हो ।

यसैबीच हमासले पर्सि शनिवार ६ जना इजरायली बन्धकलाई रिहा गर्दैछ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई रिहा गर्ने जनाएको छ ।

गाजामा १५ महिनाभन्दा लामो सङ्घर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो ६ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा शव हस्तान्तरण भएको हो ।

यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com