ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलेन्स्कीलाई तानाशाह भनेपछि ट्रम्पविरुद्ध उभियो युरोप र क्यानडा


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार  १ : १९ बजे

काठमाडौं ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मामुली कमेडियन र तानाशाह भनेका छन् । उनको यो अभिव्यक्तिले नेताद्वयबीच वाकयुद्ध सुरु भएको छ।

ट्रम्पले बुधबार आफ्नो मार(ए(लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवादलाई अझ चर्काएको छ।
यसअघि, जेलेन्स्कीले ट्रम्प गलत जानकारीसहित भ्रममा बाँचिरहेको बताएका थिए। जेलेन्स्कीको यो भनाइ ट्रम्पको आरोपको जवाफस्वरूप आएको हो।

ट्रम्पले मंगलबार युक्रेनमा जेलेन्स्कीको लोकप्रियता दर घटेर मात्र ४ प्रतिशतमा झरेको बताएका थिए ।

ट्रम्पले बुधबार सामाजिक सञ्जालमा पनि एउटा पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले जेलेन्स्कीलाई सामान्य हास्य कलाकार र बिना चुनाव राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका थिए ।

युरोप र क्यानडाको समर्थन जेलेन्स्कीलाई

ट्रम्पले तानाशाह भनेपछि यस्तो टिप्पणीको विरुद्धमा युरोपेली नेताहरू जेलेन्स्कीको समर्थनमा आएका छन्। जर्मन चान्सलर ओलाफ शोल्जले राष्ट्रपति जेलेन्स्कीको लोकतान्त्रिक वैधतालाई अस्वीकार गर्नु पूर्ण रूपमा गलत र खतरनाक रहेको बताएका छन्।

जर्मन विदेशमन्त्री अन्नालेना ब्याएरबोकले पनि ट्रम्पको भनाइलाई निराधार र बेतुकाको संज्ञा दिएकी छन्।

यता, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले जेलेस्कीलाई फोन गर्दै आफ्नो समर्थन जनाएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार स्टार्मरले युद्धको बेला चुनाव स्थगित गर्नु पूर्ण रूपमा उचित भएको बताएका छन्।

स्विडेनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पको आलोचना गरेका छन्।

यस्तै, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो समेत जेलेन्स्कीको समर्थनमा उभिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘क्यानडा सधैं युक्रेनको समर्थनमा रहनेछ।’

‘ट्रम्प रूसी भुलभुलैयामा बाँचिरहेका छन्‘

ट्रम्पले आफ्नो लोकप्रियता दर ९अप्रूवल रेटिङ० घटेको दाबी गरेपछि, जेलेन्स्कीले बुधबार प्रतिक्रिया दिंदै भने, ‘सबैभन्दा नयाँ नतिजाहरू अनुसार मलाई ५८ प्रतिशत समर्थन प्राप्त छ, जसको अर्थ यति धेरै युक्रेनी जनताले ममाथि विश्वास गर्छन्। त्यसैले, यदि कसैले मलाई सत्ताच्युत गर्न चाहन्छ भने अहिले त्यो सम्भव छैन।’

जेलेन्स्कीले रूसले लगातार युक्रेनबारे गलत सूचना फैलाइरहेको जिकिर गरे । उनले थपे, ‘हामी राष्ट्रपति ट्रम्पको सम्मान गर्छौं, तर दुर्भाग्यवश, उनी गलत सूचनाद्वारा सिर्जित भुलभुलैयामा बाँचिरहेका छन्। मेरो लोकप्रियता बारे गलत जानकारी अमेरिका पुग्नुको कारण पनि रूस नै हो।’

युक्रेनमा राष्ट्रपति पदको कार्यकाल गत वर्ष मे महिनामै समाप्त भइसकेको थियो। तर, फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि सैन्य शासन लागु भएको छ। यसको अर्थ राष्ट्रपति जेलेन्स्कीले चुनाव स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com