ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खुमा रामकृष्णको शंकास्पद मृत्यु ४ जनामाथि अनुसन्धान, २ जना छाडियो


एबीसी न्यूज

काठमाडौं ८ फागुन । बल्खुको तरकारी बजारनजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये २ जनालाई छाडेको छ ।

मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये २ जनाको कुनै संलग्नता नदेखिएको भन्दै सामान्य सोधपुछ गरेर छाडिएको छ ।

बाँकी ४ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

अनुसन्धान अधिकृतका अनुसार एक जनाले विवाद भएपछि कुटपिट गर्दा हत्या भएको समेत दाबी गरेका छन् । यद्यपि हत्याको यकिन भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हत्याको आशंका गरेर शव पोस्टमार्टमका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

‘हत्याको आशंका हो । तर, पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले अहिले यकिन हुन बाँकी नै छ’, एसएसपी अधिकारीले भने ।

बुधबार मृत भेटिएका दाहाल बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्थे । मृतकको टाउकामा चोट समेत लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

सम्बन्धित

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com