ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको आरोप–जेलेन्स्की तानाशाह हुन्


एबीसी न्यूज

काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् ।
जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् ।
उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् ।
जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन ।
ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।
ट्रम्पले जेलेन्स्की केन्द्रित लामो स्टाटस ट्रुथ सोसलमा पोष्ट गरेका छन् । उनले जेलेन्स्कीलाई ‘कमेडियन’ भनेर पनि आलोचना गरेका छन् ।
ट्रम्पले भनेका छन्, ‘मैले युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रो गरेका छन् । उनको देश खत्तम भइसकेको छ । लाखौं व्यक्ति अनाहकमा मारिइरहेका छन् ।’
अघिल्ला राष्ट्रपति जो बाइडेन नेतृत्वको अमेरिकी सरकारले युक्रेनलाई साढे तीन सय अर्ब डलर दिएको तर अमेरिकाले केही पनि नपाएको टिप्पणी ट्रम्पले गरेका छन् । ‘एकपटक सोच्नुस् त । एक औसत रुपमा सफल कमेडियन भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाबाट साढे तीन सय अर्ब डलर मागे । ताकि उनी युद्धमा हाम फाल्न सकुन् तर जित्न सक्दैनथे ।’
‘यस्तो युद्ध सुरु हुनुहुँदैनथ्यो । यस्तो युद्ध जो अमेरिकाले ट्रम्पबिना अन्त्य गर्नै सक्दैनथ्यो । अमेरिकाले यो लडाइँमा युरोपभन्दा २०० अर्ब डलर भन्दा बढी खर्च गरेको छ । युरोपलाई त्यो खर्चवाफतको रकम फिर्ता मिल्ने छ । तर अमेरिकाले केही पनि पाउने छैन ।’
ट्रम्पले अमेरिकाले दिएको रकममध्ये आधा रकम जेलेन्स्कीले गायब पारेको आरोप पनि लगाएका छन् । यो प्रसंगमा ट्रम्पले अघिल्ला राष्ट्रपति जो बाइडनको पनि आलोचना गरेका छन् ।
उनले भनेका छन्, ‘स्लिपी जो बाइडेनले यो मामलामा बराबरीको माग किन गरेनन् रु जबकी यो लडाइँ हामीलाई भन्दा धेरै महत्वपूर्ण युरोपलाई छ । यसमा चाखलाग्दो कुरा त के छ भने हामीले दिएको मध्ये आधा रकम गायब भएको जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले देशमा चुनाव गराउन पनि अस्वीकार गरेका छन् ।’
ट्रम्पले भनेका छन्, ‘युक्रेनमा जेलेन्स्कीको लोकप्रियता साह्रै घटिसकेको छ । केबल एक कुरामा उनी माहिर छन्, त्यो हो– उनले बाइडेनलाई आफ्नो इशारामा नचाए ।’
ट्रम्पले भनेका छन्, ‘मैले युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रो गरेका छन् । उनको देश खत्तम भइसकेको छ । लाखौं व्यक्ति अनाहकमा मारिइरहेका छन् ।’
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने कोसिस गरिरहेको पनि बताएका छन् । यस्तो गर्न आफूले मात्र सक्ने उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com