ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्तामा एमबिएसले युक्रेनलाई सहभागी गराउन चाहे पनि मानेनन् ट्रम्प र पुटिन


एबीसी न्यूज

काठमाडौं ७ फागुन । मंगलबार साउदी अरेबियाको राजधानी रियाधमा शुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान एमबिएस ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच मंगलबार छलफल भएको हो।

अमेरिका र रूसबीच सुरू भएको वार्तामा साउदीमा शासन चलाइरहेका एमबिएसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रतिनिधि पनि सामेल गराउन चाहेका थिए। तर अमेरिका र रूस दुवैले युक्रेनको उपस्थिति नचाहेकाले सहभागी नगराइएको भनेर ब्लुमबर्गले लेखेको छ।

अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीच भएको बैठक करिब साढे ४ घन्टा चलेको थियो।

बुधबार रियाध आउने पूर्व(निर्धारित कार्यक्रम भएका जेलेन्स्कीलाई वार्तामा साउदी भूमिका र मंगलबार भएको प्रगतिबारे एमबिएसले जानकारी गराउन चाहेका थिए भनेर एक साउदी स्रोतको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ।

तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर रिसाएर उनले साउदी भ्रमण सारेका छन्। एमबिएससँग राम्रो सम्बन्ध रहेको भन्दै उनले मार्च १० मा साउदीको भ्रमण गर्ने भनेका छन्।

युक्रेनमा युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा निर्णय युक्रेन बिना गर्न सकिँदैन, न त कुनै शर्त थोपर्न सकिन्छ, टर्की भ्रमणमा रहेका जेलेन्स्कीले मंगलबार भने।

साउदीमा भएको यो रूसी(अमेरिकी बैठकमा हामीलाई आमन्त्रण गरिएको थिएन। यो हाम्रो लागि, मलाई लाग्छ धेरै अरूको लागि पनि आश्चर्य थियो, उनले थपे।

युक्रेनलाई जस्तै युरोपेली देशलाई पनि सो वार्तामा सहभागी नगराइएको भनेर युरोपमा समेत विरोध भएको छ। तर अमेरिकी विदेश मन्त्री रूबियोले कसैलाई पनि पाखा नलगाइएको दाबी गरे।

वार्तापछि उनले फ्रान्स, जर्मनी, बेलायत, इटाली र बेलायतका विदेश मन्त्री र युरोपियन युनियनका अधिकारीलाई प्रगतिबारे जानकारी गराएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले साउदीमा हुने वार्ताबारे आफू अवगत नभएको जानकारी गराएका थिए।

उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए।

ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुनेछैन भन्दै आएका छन्। रूस विरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै आएका युरोपेली मुलुकहरूले वार्तामा सहभागी नगराउने भनेपछि आपत्ति जनाएका छन्।

युक्रेनले पनि आफूलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूको सहभागिता बिना हुने कुनै पनि निर्णय स्वीकार नगर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com