काठमाडौं ७ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने धारणा राखेका छन्।
बुधबार काठमाडौँमा आयोजित नेपाल कानुन पत्रिका पुरानो अंक०, प्रधान न्यायालय २००९ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको र ऐतिहासिक धरोहर नै वर्तमानका आधार स्तम्भ भएको उनको भनाइ थियो। यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने उनले बताए।
‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ। ऐतिहासिक धरोहरलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्छ, उनले भने, ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन्। यीनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ।’
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको बताए। अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उनको जिकिर छ।
‘जतिखेर ठूलोठूलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरू कमजोर हुन्छन्। जस्तो कमन ल सिस्टम। मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरू आफ्नो सिस्टम खोज्न थाल्छन्। एउटा भ्याकुमक्रिएट हुन्छ, उनले भने, मैले त्यस्तो अवस्था आयो त भनेको होइन। तर त्यसको फाउन्डेसन बनाइराख्नुपर्छ। हाम्रो लिगल सिस्टमको फाउन्डेसन बनाइराख्नुपर्छ। त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ।’








प्रतिक्रिया दिनुहोस्