काठमाडौं ७ फागुन । भारत ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछिको त्यहाँका अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन्। प्रकृतिको मृत्युपछिको त्यहाँ बसेर पढ्दै गरेका ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल नेपाल फर्किएका हुन्।
बुधबार दिउँसो ३ बजेसम्म ७५ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार, नेपाल फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँका ३, सिराहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ छन्।
नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका थिए। शङ्कास्पद अवस्थामा मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो।
नेपाल फर्केका विद्यार्थीको बारेमा सीमा नाकामा उनीहरूको रेकर्ड राखिएको उनले जानकारी दिए। नेपाल फर्किएका विद्यार्थीलाई आ( आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको यादवले बताए। नेपाल विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरेका छन्।








प्रतिक्रिया दिनुहोस्