ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकृतिको नाममा ‘मनोविमर्श संस्था’ स्थापना गर्दैछ ओडिसा सरकार


एबीसी न्यूज

काठमाडौं ७ फागुन । भारतको ओडिसा प्रदेश सरकारले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा मनोविमर्श संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएको छ।

सरकारले आइतबार मृत भेटिएकी कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०की विद्यार्थी लम्सालको नाममा संस्था स्थापना गर्न लागेको हो।

बिहीबार नेपाली राजदूतावास दिल्लीका प्रहरी कन्सुलर एसएसपी संजीव शर्मा दाससहितको टोलीसँग भएको छलफलमा उडिसा सरकारका स्वाास्थ्य मन्त्री मुकेश महालिङले उनको नाममा संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन्।

नेपाली दूतावासका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री महालिङसँगै शिक्षामन्त्री सूर्यवंशी सुरज र मुख्यसचिव मनोज आहुजासँग छलफल गरेका थिए।

स्टेट गेष्टहाउ एनएक्समा भएको छलफलमा नेपाली टोलीले विद्यार्थीहरूलाई कलेजबाट तनाव दिइएको भन्दै मन्त्री र मुख्यसचिवको ध्यानाकर्षण गराएका थिए।

ओडिसा सरकारले पनि कलेजले गरेको दुर्व्यवहारपछि हिँडेका विद्यार्थीलाई पुनः कलेज फर्किन अपिल गर्ने भएको छ।
कलेज प्रशासनले बुधबार नै माफी मागेर विद्यार्थीलाई कक्षामा फर्किन भनिसकेको छ। कलेज प्रशासनले बुधबार शोकसभा गर्दै घटनाबारे दुस्ख व्यक्त गरेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो।
यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ भने भारतीय पक्षले पनि यसका लागि प्रतिबद्ध भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com