ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापक अच्युत सामन्तसँग कुराकानी


एबीसी न्यूज

काठमाडौं ६ फागुन । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी०का संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी गरेका छन् ।

राजदूत शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन् । साथै मंगलबार नै केआईआईटीकाका प्रतिनिधिहरूसँग पनि राजदूत शर्माले भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

टेलिफोनमा नेपाली विद्यार्थीप्रति भएको दुव्‍यवहारप्रति सामन्तले सार्वजनिक रूपमा कलेजले माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको बताएका थिए ।

यसका साथै मंगलबार दिउँसै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ ।

आइतरबार ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।

होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com