काठमाडौं ६ फागुन । गत वर्षको तुलनामा यसवर्ष निर्यात घटेको छ भने आयात बढेको छ । राष्ट्रिय सभामा प्रस्तुत तथ्याङ्क अनुसार गत पुस महिनासम्मको समीक्षा अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१।८५ ले वृद्धि भएर ९८ अर्व ७९ करोड कायम भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७।२५ ले कमी आएको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात ७।१५ ले वृद्धि भएर ८ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ३।१५ ले घटेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४।४५ ले वृद्धि भएर ७ खर्व २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २।६५ ले घटेको थियो ।
समीक्षा अवधिसम्म विप्रेषण आप्रवाह नेपाली मुद्रामा ४।१५ ले वृद्धि भएर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२।२५ ले बढेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्व २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।
२०८१ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्व ४१ अर्व १० करोडको तुलनामा १३।५५ ले वृद्धि भएर २३ खर्व १६ अर्व ८४ करोड कायम भएको छ । २०८१ पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४।३५ रहेको छ ।








प्रतिक्रिया दिनुहोस्