काठमाडौं ५ फागुन । सोमबार दिउँसो हङकङको चुनमुनमा १९ वर्षीय युवकलाई छुरा प्रहार भएको छ।
दिउँसो साढे १२ बजे चुनलुङ स्ट्रिटको चुनमुन टाउन प्लाजामा रहेको कन्भिनियन्स स्टोरमा दुई जनाले युवकमाथि चक्कु प्रहार गरेको जानकारी दिएको प्रहरीले बतायो।
युवकलाई पटक पटक चक्कु हानेको देखेपछि बटुवाहरूले प्रहरीलाई फोन गरेका थिए। चक्कु प्रहारपछि आक्रमणकारी उनीहरूलाई लिन आएको गाडीमा बसेर भागे।
भुइँमा लडेका घाइते युवकलाई उद्धारकर्मीले एम्बुलेन्समा राखेर अस्पताल पठाएका छन्।
घटनापछि कन्भिनियन्स स्टोर बन्द छ। सटरको आधा बन्द गरिएको स्टोरमा व्यवसाय बन्द रहेको सूचना टाँसिएको छ।
प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्