ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्री र रुसी अधिकारीहरुबीच साउदी अरबमा हप्ता वार्ता हुने


ABC News

काठमाडौं ४ फागुन । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्प प्रशासनका दुई अन्य वरिष्ठ अधिकारीहरू संलग्न हुने वार्ता फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा पूर्ण आक्रमण थालेपछि अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीचको पहिलो वार्ता हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका विदेश मन्त्री सहितको तीन सदस्यीय टोलीले अर्को हप्ता साउदी अरेबियामा रुसी अधिकारीहरूसँग युक्रेन युद्ध अन्त्य गर्ने बाटोबारे छलफल गर्न भेट्ने भएका छन् । यो वार्ता रुस–युक्रेनबीच युद्ध शुरु भएपछि सुपर–पावरहरूबीचको पहिलो ठोस संवाद हुन लागेको हो ।

यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको एक हप्ताभित्रै हुन लागेको हो। ट्रम्पले रिपोर्टरहरूलाई बताए अनुसार युक्रेनमा रुसको युद्ध अन्त्य गर्ने विषयमा छलफल साउदी अरेबियामा हुनेछ। बैठकको योजना शनिबार राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषय भएकाले नाम उल्लेख नगर्ने सर्तमा एक व्यक्तिले पत्रकारहरूलाई बताएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार आफ्नो देशको भविष्यबारे हुने कुनै पनि वार्तामा युक्रेनले अनिवार्य रूपमा सहभागिता जनाउनुपर्छ भन्ने माग गरेका थिए । उनले यो कुरा ट्रम्प–पुटिन फोन वार्ताबारे थाहा पाएपछि बताएका थिए। युक्रेनी अधिकारीहरूलाई ट्रम्पले रुसीहरूलाई यस्तो सम्झौतामा ल्याउने प्रयास गर्न सक्छन् जसमा युक्रेनको सुरक्षाका लागि ठोस ग्यारेन्टी हुने छैन वा युक्रेनका लागि दिगो शान्तिको व्यावहारिक सर्तहरू समावेश हुनेछैनन् भन्ने त्रास छ के ।।

रुसी अधिकारीहरुसँगको बैठकमा सहभागी हुने अमेरिकी उच्च अधिकारीहरूमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, र मध्यपूर्वका लागि दूत तथा युक्रेन–रुस मामिलामा संलग्न अधिकारी स्टिभ विटकोफ रहनेछन्।

रुबियो र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार म्युनिक सुरक्षा सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीलाई भेटेका थिए। रुबियोले शनिबार म्युनिकबाट इजरायल जाँदै गर्दा रुसी विदेशमन्त्री सर्गेई लावरोभसँग फोन वार्ता गरेका थिए।

यो वार्ता ट्रम्प प्रशासनद्वारा बाइडेन प्रशासनले रुसलाई कूटनीतिक रूपमा अलग राख्ने प्रयासलाई उल्ट्याउने पछिल्लो कदम थियो।

‘राष्ट्रपति ट्रम्पको प्रतिबद्धता युक्रेन युद्ध अन्त्य गर्ने दिशामा रहेको छ,’स्टेट डिपार्टमेन्टकी प्रवक्ता ट्यामी ब्रुसले फोन वार्ताको संक्षिप्त विवरणका रुपमा बताएको द वाल स्ट्रिट जर्नलले महत्वका साथ उल्लेख गरेको छ । उनका अनुसार दुबै पक्षले अन्य द्विपक्षीय मुद्दाहरूमा सहकार्य गर्नसक्ने अवसरबारे छलफल गरेका छन्।’

रुसी विवरण अनुसार, दुबै कूटनीतिज्ञहरूले बाइडेन प्रशासनद्वारा सिर्जित अवरोधहरू हटाउने र द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल गर्ने सहमति गरेको बताइएको छ । उनीहरूले आफ्ना राष्ट्रपतिहरूबीचको शिखर सम्मेलनको तयारी गर्ने तथा एकअर्काका कूटनीतिक मिसनहरू पुनःस्थापित गर्न सहकार्य गर्नेबारे पनि छलफल गरेका थिए।

रुसी विवरणमा भनिएअनुसार ‘दुबै पक्षले युक्रेनसँग सम्बन्धित विवाद समाधान, प्यालेस्टाइन र मध्यपूर्वका अन्य क्षेत्रीय विषयहरूमा अन्तरक्रिया गर्न सहमति जनाएका छन्।’ रुबियो इजरायल पुगेर त्यसपछि साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने योजनामा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com