काठमाडौं ३ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता खनालले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहेपनि त्यसतर्फ जान नसकेको बताए। वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे।
उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको स्पष्ट पारे। किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको उनको भनाई थियो।
सम्मानित नेता खनालले भने, ‘हामीले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ। वैज्ञानिक भूमि सुधार। अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। भूमि सुधार गर्नुको सट्टा। वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा। यो ब्रह्मलुटको अध्यादेश हो। यस प्रकारका काम गर्न पुगिरहेका छौँ।’
सम्मानित नेता खनालले देश संकटउन्मुख रहेको बताए। भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताए। उनले समाजका विकार र विकृतिहरु हटाउँदै जानुपर्ने स्पष्ट पारे
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए। समाजवादको जामा लगाउनेहरु समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने उनको धारणा छ।








प्रतिक्रिया दिनुहोस्