ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीको मधुवनमा भीषण आगलागि , ८५ घर जल्यो, २ सय ३५ परिवार विस्थापित


admin

 

काठमाडौं, ४ चैत । सुनसरीको साविकको मधुवन ९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा गएराति भएको भिषण आगलागीबाट हाल सम्म एक करोड ३६ लाख ६० हजारको क्षति भएको छ भने २ सय ३५ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् ।

आगलागिमा ८५ घर जलेको छ । क्षतिको पुर्ण विवरण आउन अझै वाँकी नै छ । बराह नगरपालिकाका मेयर निलम खनालका अनुसार आगलागिमा परेर २ जना गंभीर घाइते भएका छन् । स्थानीय प्रभु सररदार र अर्का एक जना घाइते भएका छन् । घाइतेको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ ।

गएराती ९ वजे स्थानीयको घरमा घुर बालेको आगो सल्किएर आगलागी भएको मेयर खनालले वताए । आगलागीमा बस्ती नै सखाप भएको छ । केही बालबालिका पनि सामान्य घाइते भएको जनाइएको छ ।

राती आगलागि भएपछि इटहरी, धरान, इनरुवा र राजविराजबाट गएको चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

बराह नगरपालिकाले आगलागि पीडितको विजोग भएकाले यथासक्य सहयोग गर्न समेत अपील गरेको छ । आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको नपाले जनाएको छ ।

तत्कालिन रुपमा नपाले कम्वल र खाद्यन्न वितरण गरेको जनाइएको छ । आगलागि पीडितहरु खुल्ला आकास मुनी वस्न वाध्य भएका छन् । रेडक्रस , लगायत अन्य सामाजिक संघ सस्थाहरुले समेत तत्कालिन राहत वितरण घट्ना स्थलमा नै पुगेर वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com