ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण, थुनामा रहेका टेकनारायणको रिहाइ चिकित्सकको हातमा


एबीसी न्यूज

काठमाडौं १ फगुन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको स्वास्थ्य परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

रिहाइको माग गर्दै परेको बन्दीप्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले तत्काल रिहा गर्न अस्वीकार गरे पनि स्वास्थ्य परीक्षणपछि थप निर्णय लिने भएको छ।

मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइमा स्वास्थ्य परीक्षण गर्न र त्यसको रिपोर्ट पेस गर्न कारागार कार्यालयलाई निर्देशन दिएको हो।

कारागार कार्यालयमार्फत वीर अस्पताल मेडिकल बोर्डबाट निवेदकको विस्तृत स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न सर्वोच्चले भनेको छ।
स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त भएपछि पाण्डेलााई रिहा गर्नेरनगर्ने भन्ने थप निर्णय हुने भएको छ।

निवेदकका कानुन व्यवसायीले बहसको क्रममा पाण्डे क्यान्सर रोगबाट ग्रस्त भई स्वास्थ्य दिनानुदिन गिर्दो अवस्थामा रहेको र थप उपचारका लागि भारतको नयाँ दिल्ली जानु पर्ने जिकिर गर्दै थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।

नयाँ दिल्लीको बीएलके म्याक्स अस्पतालमा क्यान्सरको उपचार गराइरहेका पाण्डे तीन(तीन महिनामा ुफलोअपुमा जानु पर्ने माग निवेदकको छ। तर उनी थुनामा रहेदेखि जान नपाउँदा स्वास्थ्यमा गम्भीर जटिलता देखिन थालेको दाबी गरिएको छ। सर्वोच्चले पनि उनको स्वास्थ्यबारे गम्भीर चासो देखाएको छ।

‘निवेदकको स्वास्थ्य अवस्था के कस्तो होरु निवेदकलाई निजले भने अनुसारको रोग लागेको हो कि होइनरु हो भने सोको निदान के कस्तो होरु उक्त रोगको उपचारको विधी र पद्दती के कस्तो हुन्छरु सो रोगको उपचार नेपालमा हुन सक्ने नसक्ने के हो, सक्ने भए के कुन अस्तालमा उपचार हुनसक्छ, भन्ने समेतका सम्पूर्ण व्यहोरा खुलाइ प्रतिवेदन बुझाउनू’, सर्वोच्चले भनेको छ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सबै प्रतिवादी उच्च अदालत गएका थिए। उच्चले बालकृष्ण खाणसहितलाई रिहा गरे पनि अन्यलाई थुनामै राखेको थियो।

सर्वोच्चले पनि उच्च्चकै आदेश सदर गरेपछि पाण्डेकी पत्नी मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ। उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

सम्बन्धित

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com