काठमाडौं १ फगुन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पदमा डा।बाबुराम भट्टराई निर्वाचित भएका छन्। माघ २९ गते भएको निर्वाचनको मतगणनाबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर छ। ८२२ मत खसेकोमा चापागाईँले ७१ मत पाए।
नेता रुपनारायण श्रेष्ठले भने, ुअध्यक्ष पदमा बाबुराम भट्टराई निर्वाचित हुने निश्चित भयो। प्रवासको केही मत जोड्न बाँकी छ। जोड्न बाँकी मतभन्दा मतान्तर धेरै छ।
अन्तिम मतपरिणाम भने साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए।








प्रतिक्रिया दिनुहोस्