ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा बोर्डिङ स्कुलकी शिक्षिका पक्राउ


एबीसी न्यूज
फाल्गुन १, २०८१ बिहीबार  १० : ५८ बजे

काठमाडौं १ फगुन । कक्षा कोठामा होहल्ला गरेको भन्दै पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ।

विद्यार्थीको गालामा पन्यु तताएर डामेको आरोपमा भिमाद नगरपालिकाको भिमाद बजारमा रहेको प्रभात एकेडेमी ९बोर्डिङ स्कुल० की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
कक्षामा होहल्ला गरेको भन्दै उनले बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई पन्यु तताएर गालामा डामेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। पक्राउ परेकी शिक्षिकाले भने आफूलाई विद्यार्थीले काली भनेको आक्रोशमा पन्युले डामेको बताएकी छन्।

‘उनले पन्यु तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको छ,’ प्रहरी निरीक्षक अधिकारीले नेपालखबरसँग भने, ‘उनले अन्य तीनजना विद्यार्थीलाई पनि त्यसैगरि डामेकी रहिछन्। तर, उनीहरुलाई चाहिँ धेरै चोट लागेको छैन।’

कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले क्यान्टिनबाट पन्यु तताएर कक्षा कोठामा ल्याएर विद्यार्थीलाई डामेको पाइएको इन्सपेक्टर अधिकारीले बताए।

कक्षा सातसम्म पढाइ हुने उक्त स्कुलका सञ्चालक कृष्ण श्रेष्ठ हुन्। पक्राउ परेकी सुष्मा उनकी छोरी भएको प्रहरीले जनाएको छ। सुष्माले स्कुलमा विद्यार्थी पढाउनेदेखि एकाउन्टको कामसमेत हेर्दै आएकी थिइन्।

पक्राउ परेकी शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेकी छन्। यो घटनाको विद्यार्थी, अभिभावक र स्थानीयले विरोध गरेका छन्।

पक्राउ परेकी शिक्षिकालाई बुधबारै जिल्ला अदालत तनहुँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com