ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा फेरि दुई विमान ठोकिए


एबीसी न्यूज
माघ २९, २०८१ मंगलबार  ४ : ५९ बजे

काठमाडौं २९ माघ । अमेरिकामा एकपछि अर्को विमान दुर्घटना भइरहेका छन्। यस क्रममा सोमबार एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुई निजी विमान एकापसमा ठोकिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर पार्किङमा रहेको एउटा निजी जेटसँग ठोकिएको हो।

स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। चार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

अमेरिकामा २ हप्ताभित्र यो चौथोपटक विमान दुर्घटना भएको हो। गत जनवरी २९ मा मात्र वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमानसँग आकासमै ठोकिँदा ६७ जनाको मृत्यु भएको थियो।

यसको दुई दिनपछि फिलाडेल्फियामा उडान भरेको केही समयपछि मेडिकल विमान खस्दा ७ जनाको मृत्यु भयो भने कम्तीमा २४ जना घाइते भए।

यस्तै गत हप्ता अलास्कामा एउटा सानो यात्रुवाहक विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com