ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९७ अर्ब डलरमा च्याटजीपीटी खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत


एबीसी न्यूज

काठमाडौं २९ माघ । इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेको छ । मस्क नेतृत्वको समूहले करिब ९७।४ अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर ९एक्स० नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९।७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’ मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमाट्विटर खरिद गरेर एक्स बनाएका थिए ।

मिडिया रिपोर्टका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको छ । मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार ओपनएआई खरिदको प्रस्ताव राख्नेहरुमा एलन मस्कको एआई स्टार्टअप एक्सएआईका साथै ब्यारेन क्यापिटल ग्रुप, भेलर म्यानेजमेन्ट, एटरीड्स म्यानेजमेन्ट, भीवाई फण्ड, इम्यानुअल क्यापिटल म्यानेजमेन्ट र एट पार्टनर भीसी जस्ता लगानीकर्ता छन् ।
मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । पछि नेतृत्वमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईको सञ्चालक बोर्डबाट राजीनामा दिएका थिए । त्यसयता, ओपनएआईको दिशा र उद्देश्यबारे मस्क र अल्टम्यानबीच विवाद जारी छ ।

मस्कले २०१५ देखि २०१८ सम्म ओपनएआईमा करिब ४५ मिलियन डलर लगानी गरेका छन् ।

ओपनएआईका प्रारम्भिक लगानीकर्ता तथा सञ्चालक बोर्डका सदस्य समेत रहेका मस्कले गत वर्ष क्यालिफोर्नियाको राज्य अदालत र संघीय अदालत दुवैमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनले ओपनएआईले सार्वजनिक हितका लागि सञ्चालन हुने गैरनाफामुखी अनुसन्धान प्रयोगशालाको रूपमा राख्नुपर्ने मूल उद्देश्य त्यागेर नाफा कमाउन लागेको आरोप लगाएका छन् ।

गत हप्ता, मस्क र ओपनएआईका कानुनी टोलीहरू क्यालिफोर्नियाको संघीय अदालतमा आमनेसामने भएका थिए जहाँ न्यायाधीशले ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्ने आदेश दिने कि नदिने भन्ने विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com