काठमाडौं २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासनको अवस्था सुधार गर्न सरकारले नै अगुवाइ गर्नुपर्ने बताएका छन् । आयोगको ३४औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
खरिद योजनाबिनै खरिद, सेवा प्रवाहमा बिचौलियाको प्रभावलगायत विषयलाई सुधार गर्नुपर्ने उनले बताए । खरिद व्यवस्थापनलाई थप प्रभाववकारी बनाई राज्यलाई थप क्षति हुनबाट रोक्नुपर्ने उनको भनाइ छ ।
नागरिकलाई सहज र सरल सार्वजनिक सेवा दिन थप सुधारका पहल गर्न उनले सुझाव दिए । तीनवटै तहका सरकारबाट पहल भए मात्र सुशासन स्थापित हुने प्रमुख आयुक्त राईको भनाइ छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालका कानुन र संयन्त्र परिमार्जन गर्नुपर्ने पनि उनले बताए ।








प्रतिक्रिया दिनुहोस्