ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथिभरा केबलकारले धार्मिक आस्था खल्बलाउने नभइ पहिचानको प्रवर्द्धन गर्छ- चन्द्र ढकाल


एबीसी न्यूज

काठमाडौं २६ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।को तर्फबाट काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै उहाँले यस अघि तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो ।

ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको विरोध गरिरहेका ढकालको भनाइ छ । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्वपूर्ण रहेको ढकालले बताउनुभयो ।

ताप्लेजुङवासीलाई रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि दाबी गर्नुभएको छ । सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्दै उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको बताउनुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको भन्दै उहाँले भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।

केबलकारले कुन पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान झन्डै तीन अर्ब रुपैयाँको रहेको भन्दै उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो ।

पाथिभरामा केबलकार बनाउने कामको विरोध गर्दै स्थानीय लिम्बु समुदायले अबरोध गरेपछि पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।ले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

सम्बन्धित

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

देउवा पक्षले आयोगमा बुझायो ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण

रविविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com