काठमाडौं २६ माघ । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् ।
उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक(पटक झूटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गरेका हुन् ।
अमित शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जनताले आफ्ना मतमार्फत फोहोर यमुना, दूषित खानेपानी, बिग्रिएका सडकहरू, ओभरफ्लो हुने ढलहरू र प्रत्येक गल्लीमा खुलेका मदिरा पसलहरूको जवाफ दिएका छन्।’
स्थानीय समय अनुसार दिउँसो साढे एक बजेसममको तथ्यांकअनुसार भाजपा र आदपाले चाररचार सिट जितेका छन् । भाजपा ४४ सिटमा अगाडि छ भने आम आदमी १८ सिटमा मात्रै अगाडि देखिएको छ ।
अमित शाहले अर्को पोस्टमा लेखेका छन्, ‘दिल्लीवासीले झूट, धोका र भ्रष्टाचारको शीशमहललाई ध्वस्त गर्दै दिल्लीलाई ‘आप(दा’ मुक्त बनाउने काम गरेका छन्।’
उनले अघि लेखेका छन्, ‘दिल्लीले वाचा पूरा नगर्नेलाई यस्तो पाठ सिकाएको छ, जुन देशभर जनतासँग झूटा वाचा गर्नेहरूका लागि उदाहरण बन्नेछ। यो दिल्लीमा विकास र विश्वासको नयाँ युगको सुरुवात हो।’
दिल्लीमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् भने आम आदमीका प्रायस् चर्चित नेताहरु हारको संघारमा रहेका छन् । यो नतिजा अनुसार दिल्लीमा पनि भाजपाले सरकार बनाउने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्