ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली चुनाव : २७ वर्षपछि सत्तामा फर्किँदै भाजपा


एबीसी न्यूज

काठमाडौं २६ माघ । भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टीले सत्ता सम्हाल्ने भएको छ। चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता छ। यसको अर्थ भाजपा बलियो बहुमततर्फ अग्रसर भएको छ।

आम आदमी पार्टीले ६ सिटमा जित निकाल्दा १६ सिटमा अग्रतामा रहेको छ। कांग्रेसले दिल्लीमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।

अघिल्लो चुनावमा ऐतिहासिक बहुमत प्राप्त गरेको आम आदमी पार्टीका संस्थापक नेता अरविन्द केजरीवालले पराजित भए।

त्यस्तै, मनिष सिसोदिया पनि जंगपुरा सिटबाट पराजित भएका छन्। अहिले मुख्यमन्त्री रहेकी आतिशी भने चुनाव जित्न सफल भएकी छन्। त्यस्तै, अर्का प्रभावशाली नेता सत्यन्द्र जैन पनि चुनाव हार्न पुगे।

दिल्लीमा भाजपमा मुख्यालयमा विजयी उत्सव सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ७ बजे पार्टी हेडक्वार्टर पुगेर कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। केजरीवाललाई हराएका भाजपाका उम्मेद्वार प्रवेश वर्माले अमित साहसँग भेट गरेका छन्। अब मुख्यमन्त्रीका लागि नरेन्द्र मोदीले कसलाई अघि सार्छन् त्यो भने सबैको चासो छ।

सन् २०२० मा भाजपाले केवल ८ सिट जितेको थयो। २०२५ मा आइपुग्दा ६ गुणा बढी सिट जित्ने लगभग पक्का भएको छ। अर्थात ४८ सिट जितेर सत्तामा बहुमतसहित फर्किन लागेको छ।

केजरीवालको आम आदमी पार्टीका २० जना उम्मेद्वारको जमानतसमेत नजोगिएको जनाइएको छ। केजरीवाल प्रवेश बर्मासँग ३ हजार भोट अन्तरले पराजित भए।

कांग्रेसले योपटक पनि एक सिट पनि जितेन तर उसले २ प्रतिशत भोट बढाएको जनाइएको छ। आपलाई यो पटक ३९ सिट घाटा लागेको छ। मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल रक्सी घोटालमा मुद्दा खेपिरहँदा त्यसको असर पार्टीमा देखियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com