काठमाडौं २६माघ । दिल्लीको जंगपुरा विधानसभा सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियाले आफू ६०० मतले हारेको बताएका छन्।
नतिजाबारे सिसोदियाले भने, ‘हामीले जंगपुरा सिटमा कडा प्रतिस्पर्धा गर्यौँ र लगभग ६०० मतले हार्यौँ। जित्नेलाई बधाई छ।’
बीबीसी हिन्दीका अनुसार उनलाई भाजपाका तरविन्दर सिंहले जितेका हुन्।
यद्यपि निर्वाचन आयोगले मत मतान्तरसहित नतिजा सार्वजनिक गर्न बाँकी छ।








प्रतिक्रिया दिनुहोस्