ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको फैसला– क्यासिनोको नवीकरण र रोयल्टी उठाउने बाटो खुल्यो


एबीसी न्यूज

काठमाडौं २५ माघ । क्यासिनो सञ्चालनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले महत्वपूर्ण फैसला गरेको छ । क्यासिनो सञ्चालनबारे लामो समयदेखि चलेको विवाद सर्वोच्चको बुधबारको संवैधानिक इजलासले किनारा लगाएको हो ।

योसँगै सरकारलाई क्यासिनो सञ्चालकबाट उठाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क पनि असुल गर्ने बाटो खुलेको छ । क्यासिनो सञ्चालकहरुले सरकारले २०७० मा ल्याएको ‘क्यासिनो नियमावली’ अनुसार नै क्यासिनो सञ्चालन गर्नुपर्ने छ ।

नियमावली अनुसार क्यासिनोले आर्थिक वर्ष सुरु हुनु अगावै वार्षिक ४ करोड रोयल्टी र २ करोड ५० लाख रुपैयाँ इजाजत तथा नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।

म्बदगच ल्भउब
िमिनी क्यासिनोले वार्षिक १ करोड रुपैयाँ रोयल्टी र सोही बराबरको रकम इजाजत तथा नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो बाहेक अन्तर्राष्ट्रिय सीमानाका भन्दा पाँच किलोमिटरको दुरीमा क्यासिनो सञ्चालन गर्नुपर्ने प्रावधान राखेको थियो ।

तर, नेपाली क्यासिनो व्यवसायीले भने नेपाल भारत सीमाको पाँच किलोमिटरको दुरीभन्दा नजिक क्यासिनो सञ्चालन गरेका थिए । नियमावली बनेसँगै केही क्यासिनो व्यवसायी पाँच किलोमिटर भित्र सञ्चालनमा रहेका क्यासिनो यथास्थितिमै सञ्चालन गर्नुपर्ने मागसहित रिट लिएर २०७० सालमै सर्वोच्च पुगेका थिए ।

सोही रिटमाथि अन्तिम सुनाई गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले रिट खारेज गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

अधिकांश नेपाली क्योसिनो व्यवसायीले भारतसित सीमा जोडिएका ठाउँमा क्यासिनो सञ्चालन गरेका थिए । जसकारण सामान्य ज्याला मजदुरी गर्ने भारतीय नागरिकहरु सहजै क्यासिनो छिर्ने गरेका थिए ।

क्यासिनोमा ठूलो मात्रामा रकम हारजित हुने हुँदा सीमाक्षेत्रमा खोलिएका क्यासिनोका कारण सुरक्षा चुनौती समेत बढेको प्रहरीको दाबी थियो । नेपालीलाई प्रवेशमा भने रोक लगाइएको छ ।

सर्वोच्चको फैसलासँगै अब पाँच किलोमिटरको दुरीभित्र रहेका क्यासिनो व्यवसायीले त्योभन्दा बाहिरमात्रै सञ्चालन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com