ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमसल धितो राखि डेढ अर्ब घोटाला: अध्यक्षसहित १३ कर्मचारी पक्राउ


admin

काठमाडौँ, २ चैत । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ ।

कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट रहेका छन् ।

यस्तै बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सो बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितामणि उपाध्याय र शाखा प्रबन्धक मोहन खरेल रहेका छन् ।

एनसिसि बैंकसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धकलगायतले कृत्रिम ऋणी खडा गरी नागरिकको निक्षेपमाथि अनियमितता गरेका थिए ।

उनीहरुले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो । निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा प्रवाह गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यस्तै कमसल जग्गा धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराइ साक्षी समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको पाइएको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

उपरीक्षक ओलियाकाअनुसार एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको, अधिकांश धितो मूल्यांकन प्रतिवेदन यथार्थपरक नरहेको पाइएको छ ।

एनसिसी बैंकसँग गाभिने सम्झौता गरेपश्चात् एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष धिताललगायतले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पु-याएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीको विशेष टोलीले जोरपाटी, सानेपा, कपन, कमलादी, बागबजारलगायत स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

प्रहरी उपरीक्षक ओलियाले भन्नुभयो– “केन्द्रीय अनुसन्धान ब्यूरोको हालसम्मकै सबैभन्दा ठूलो कसुरमा कारबाही गरिएको हो ।’ पक्राउ परेका अभियुक्तलाई म्याद थप गरी अदालतमा हाजिर गराउने तयारी गरिएको छ ।

प्रहरीले बैंकिङक कसुर गरेका केही व्यवसायी र बैंक कर्मचारीलाई यसअघि पनि पक्राउ गरी कारबाही गर्दै आएको भए पनि एपेक्स बैंक प्रकरण भने हालसम्मकै ठूलो हो ।

बैंकले प्रवाह गरेको कर्जाको सम्पूर्ण कागजात झिकाएर यर्थाथ अध्ययन गर्ने र सोही आधारमा प्रमाण पेश गरी कारबाहीको तयारी ब्यूरोले गरेको छ ।

गम्भीर कैफियत देखियो 

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जरका क्रममा गम्भीर कैफियत देखिएकाले सिआइबीलाई सूचना दिनु परेको बताउनुभयो ।

उहाँकाअनुसार एपेक्सले कर्जा प्रवाह व्यावसायिक सुशासनमा गम्भीर गल्ती गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन परेको हो । यो प्रकरण प्रहरीकोमा पुगेकाले केन्द्रीय बैंकले थप केही भन्न नसक्ने उहाँको भनाइ छ ।

प्रवक्ता पौडेलकाअनुसार सरकारवादी मुद्दा भएकाले यसको अनुसन्धान र कारबाही सोहीअनुसार हुनेछ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कृषि विकास बैंक स्वयम्भू र नयाँसडक शाखामा कर्मचारीबाट भएको हिनामिनामा पनि अनुसन्धान गरी कारबाही गरेको थियो । पछिल्लो दिनमा ब्यूरोले आर्थिक अपराधका अलावा अन्य अपराधमा समेत आफ्नो क्षमता देखाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com