ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमा नजर


एबीसी न्यूज

काठमाडौं २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै खर्च गर्न माग गरिरहेका बेला युरोपेली संघका नेता, बेलायतका प्रधानमन्त्री र नेटो प्रमुखबीच यस सम्बन्धमा सोमबार ब्रसेल्समा छलफल भएको छ।

उनीहरूबीच आक्रामक रुसको सामना गरिरहेको युरोपको प्रतिरक्षा बढाउने प्रयासबारे छलफल भएको बताइएको छ।

ब्रसेल्समा भएको भेलालाई ‘ट्रिपल फर्स्ट’ का रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपतिको शपथपछि पहिलोपटक युरोपेली संघका २७ नेताबीच भेट भएको छ। यो रक्षासम्बन्धी उनीहरूको पहिलो समर्पित वार्ता र ईयूबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० पछि बेलायती प्रधानमन्त्रीसँग पहिलो वार्ता हो।

करिब तीन वर्षअघि रुसले युक्रेनमा चौतर्फी आक्रमण सुरु गरेयता युरोपेली राष्ट्रहरूले आफ्नो सैन्य बजेट बढाएका छन्।

तर मस्कोले आगामी वर्षमा आफैँमाथि आक्रमण गर्न सक्ने चेतावनी बढ्दै जाँदा अधिकारीहरू अझै पनि आफूलाई पर्याप्त मात्रामा हतियारहरू जम्मा गर्न नसकेको स्वीकार्छन्।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले बहसलाई नयाँ झट्का दिएको छ। युरोपले अब अमेरिकी सुरक्षामा मात्र भर पर्न नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

ट्रम्पले नेटो राष्ट्रहरूले आफ्नो वर्तमान रक्षा खर्चको लक्ष्यलाई दोब्बर भन्दा बढी अर्थात् जीडीपीको ५ प्रतिशतमा पुर्‍याएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको युद्धको शीघ्र अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ट्रम्पले युरोपेली मुलुकहरूलाई किनारा लगाउँदै किएभलाई खराब सम्झौतामा धकेल्न सक्ने आकलन गरिएको छ।

वासिङ्टन युरोपबाट पछि हट्ने सम्भावना मात्र होइन, ट्रम्पको अमेरिकी मित्रराष्ट्रहरूलाई कर वृद्धि गर्ने प्रत्यक्ष चेतावनीले उनीहरूलाई झकझक्याएको छ।

गत साता विभिन्न राजधानीको भ्रमण गरेका डेनमार्कका प्रधानमन्त्रीले ट्रम्पले ग्रिनल्यान्डबारे सार्वजनिक गरेको भनाइमा चाहेको भन्ने कुरामा साझा धारणा बनाउने अपेक्षा गरिएको छ।

निश्चित रूपमा, ईयूमा कर लगाउने ट्रम्पको धारणाबारे छलफल हुनेछ। भेलाले ईयूलाई कर वृद्धि लक्षित भएमा ‘दृढतापूर्वक’ जवाफ दिने प्रतिज्ञा गरेको छ।

रुसको बढ्दो खतरालाई ध्यानमा राख्दै रक्षामा कदम चाल्नुपर्ने आवश्यकतामा युरोपेली मुलुकहरूले बृहत् सहमति गरेका छन् तर समस्या के हो भने उनीहरूलाई वास्तवमा कुन हदको समस्याका लागि तयार बन्ने भन्ने अनिश्चित छ।

ईयूका एक अधिकारीले भने, ‘यो छलफलमा सहभागी सबैका लागि के कुरा स्पष्ट छ भने रक्षामा लगानी बढाउनुपर्छ।’

‘यो प्रश्न यदि भन्ने होइन कसरी भन्ने हो,’ ती अधिकारीले भने।

ब्रसेल्सले आगामी दशकमा रक्षा क्षेत्रमा थप ५०० अर्ब युरो ९५१० अर्ब अमेरिकी डलर० लगानी गर्नुपर्ने अनुमान गरेको छ।

मुख्य विभाजन रेखा आवश्यक लगानीलाई कसरी वित्त पोषण गर्ने भन्नेमा छ। के ईयूले आफ्नो नगदलाई ईयूका लागि हतियारहरूमा मात्र खर्च गर्ने वा यसमा नेटोले कस्तो भूमिका खेल्ने भन्ने वरिपरि घुम्छ।

त्यहाँ एक भौगोलिक विभाजन पनि छ। रूसको नजिकका देशहरूले पहिले नै ‘पश्चिम’ ले भन्दा धेरै काम गरिरहेका छन्।

कोष प्रमुख प्रश्न हो र धेरै सदस्य राष्ट्रहरूले ठूलो संयुक्त ईयू ऋणको लागि दबाब दिइरहेका छन्।

तर, यसै महिना चुनाव हुन लागेको जर्मनीले उक्त संवेदनशील विषयमा हुने छलफललाई बन्द गर्ने प्रयास गरेको छ।

ईयूका एक कूटनीतिज्ञले भने, ‘चिन्ताको विषय के हो भने वित्त पोषणको बारेमा छलफल गरिएन भने यसले आवश्यकतालाई सम्बोधन गर्ने छैन।’

‘समस्या के हो भन्ने सबैलाई थाहा छ समाधान पनि थाहा छ तर यसलाई प्रस्तुत गर्न कसैले चाहँदैन। चर्चा गर्ने तर समाधानका लागि अग्रसरता नदेखाउँदा समस्याको निराकरण हुने सम्भावना रहँदैन।’

परिवर्तनको कुनै संकेत नदेखिएपछि ईयू राष्ट्रहरूले समूहको ऋण दिने शाखा ईआईबीलाई रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा घटाउन आह्वान गरेका छन्।

हतियारका विषयमा लामो समयदेखि आफ्नै उद्योगको बढी हेरचाह गरेको आरोप खेप्दै आएको फ्रान्सले ईयूमा हतियार खरिद गर्नुपर्नेमा जोड दिँदै आएको छ।

अरूले देशले छिटोभन्दा छिटो आपूर्ति गर्न सक्नेलाई हेर्नुपर्छ भन्ने कुराको विरोध गर्छन्।

उनीहरूको एउटा तर्क संयुक्त राज्य अमेरिकाबाट खरिद गर्ने र ट्रम्पलाई पक्षमा राख्ने एउटा उपाय हुनसक्ने छ।

नेटोसँग श्रम विभाजन पनि चर्चामा छ किनकि ईयूका केही राष्ट्रले ब्रसेल्सलाई देशहरूको लागि आवश्यक लक्ष्यहरू निर्धारण गर्न दिनुपर्र्ने बताएका छन् । यसले नेटोलाई चिढ्याएको छ।

ट्रान्साटलांटिक सम्बन्धलाई लिएर शङ्का उब्जिरहँदा थुप्रैले आफ्नो पुरानो मित्र बेलायतसँग सम्बन्ध बढाउन चाहेका छन्।

बेलायतले ईयू छोडेको पाँच वर्षपछि प्रधानमन्त्री केइर स्टार्मर युरोपेली संघको समस्यामा छलफलका लागि तयार देखिएका छन्।

ब्रेक्जिटपछि युरोपेली परिषद्को बैठकमा भाग लिने पहिलो बेलायती नेता स्टार्मरले युरोपेली संघका नेताहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति ‘निरन्तर भार वहन गर्न’ र ‘हाम्रो महाद्वीपमा रुसको बढ्दो विध्वंस र विनाशको अभियानबाट युरोपलाई सुरक्षित राख्न थप भार वहन गर्न’ आह्वान गर्ने योजना बनाएका छन्।

ब्रेक्जिटको विवादपछि सम्बन्धलाई ‘रिसेट’ गर्न खोजेका स्टार्मरले बेलायत(ईयूबीचको सम्भावित रक्षा र सुरक्षा सम्झौताबारे पनि छलफल गर्नेछन्।

यसले बेलायतलाई आफ्नो शक्तिशाली सैन्य र ठूलो प्रतिरक्षा उद्योगसँग अलि नजिक ल्याउन सक्छ तर ब्रेक्जिटको तीतो विरासत भने कायमै छ।

युरोपेली संघका धेरै कूटनीतिज्ञहरूले माछा मार्ने अधिकारसम्बन्धी विवाद समाधान नभएसम्म र ब्रसेल्सले प्रस्ताव गरेको युवा गतिशीलता योजनाको विरोधलाई लण्डनले नत्यागेसम्म प्रगति हुन नसक्ने बताएका छन्। राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com