ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा समितिमा ढिलो पुगे सभापति, माफी माग्दै भने- अबदेखि हुँदैन


एबीसी न्यूज

काठमाडौं २० माघ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले बैठकमा ढिला आएपछि माफी मागेका छन् ।

आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल थियो । साढे १२ बजेका लागि बैठक बोलाइएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, समिति सदस्य र मन्त्रालयका सचिव लगायतका कर्मचारी समयमै समिति बैठकमा पुगेका थिए ।

सभापति थापालाई कुर्न परेपछि केही सांसद निस्कन पनि लागेका थिए । सभापति थापा समिति बैठकमा १ः२० तिर मात्र आइपुगे ।

बैठकको सुरुमै एमाले सांसद छविलाल विश्वकर्माले ढिला आउनुको कारण र सभापतिको स्वास्थ्यस्थिबारे प्रश्न गरे ।

‘सभापतिको स्वास्थ्य स्थिति कस्तो छ रु त्यसपछि अगाडि बढौंला,’ समिति सदस्य विश्वकर्माले भने ।

सभापति थापाले बिहान कार्यक्रममा गएको र टेकुमा आफू सवार गाडीलाई बाइकले ठक्कर दिएपछि ढिलाइ भएको समितिलाई जानकारी गराए ।

‘दुई वटा कार्यक्रम थियो । बैठकमा समयमै आइपुग्ने भनेर पौने १२ बजे नै कीर्तिपुरबाट हिँडेको हो । टेकुमा आइपुगेपछि एउटा मोटरसाइकलले गाडीलाई हान्यो । १०–१५ मिनेट त्यहाँ लफडा भयो,’ सभापति थापाले ढिलाइ हुनुको कारण समितिलाई सुनाए ।

त्यसपछि सभापति थापाले अबदेखि आफूबाट कमजोरी नहुने समितिलाई आश्वासन दिए ।

‘सबैभन्दा अगाडि सभापति आउनुपर्छ । आगामी दिनमा म बाट त्यस्तो कमजोरी हुने छैन,’ सभापति थापाले भने ।

सभापति थापाले माफी मागेपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दवाफर छलफल सुरु भएको छ ।

आइतबारको बैठकले परिच्छेद २ को दफा ३,४ र ५ पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com