काठमाडौं २० माघ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज पनि बैंक तथा वित्तीय संस्थाहरुबाट रकम खिच्ने भएको छ।
राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट ४० अर्ब रकम खिच्न लागेको हो।
राष्ट्र बैंकले फागुन ११ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि आज ३ बजेपछि हुने भर्चुअल बोलकबोलमा सहभागी हुनुपर्नेछ।








प्रतिक्रिया दिनुहोस्