ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० करोड लगानीमा चन्द्र ढकालले बागलुङमा बनाए इला कम्फर्ट होटल


एबीसी न्यूज

काठमाडौं १९ माघ । पर्यटन क्षेत्रमा लगानी गरिरहेको आईएमई समूहले बागलुङमा ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालन गरेको छ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटलको उद्घाटन गरेका हुन्।

बागलुङ जिल्लालाई पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको‍ समूहले जनाएको छ।

इला कम्फर्टका अध्यक्ष सचिन ढकालले आईएमई ग्रुपले पर्यटन क्षेत्रमा अबको पर्यटकीय पूर्वधार इला ब्रान्डमा प्रवर्द्धन हुने बताए।

‘सेवा सुविधाहरू पाँचतारे स्तरको भए पनि कोठाहरूको सीमितताले ३ स्टार भन्न सक्छौँ’, अध्यक्ष ढकालले भने।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले समूहले एक होटल मात्र नभई सम्भावनाको ढोका खोलेको बताएका छन्। उनले व्यवसायीलाई लगानी गर्ने वातावरण बनाई नियमन गर्नुपर्ने बताए।

करिब ३ रोपनी क्षेत्रफलमा होटल निर्माण भएको छ। हाल पार्किङ रहेको क्षेत्रमा थप ४० कोठासहितको भवन बनाउन सकिने आईएमई ग्रुपले जनाएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा पर्यटकीय पूर्वाधार बनाउनेगरी समूह अघि बढेको बताउँछन्।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चुनाव जितेपछि आमाले बागलुङमा कार्यक्रम हुँदा सबै परिवार बस्ने घरको चाहनाअनुसार पर्यटक स्तरको होटल निर्माण गरेको बताए।

अहिले आमाको घरको रूपमा निर्माण भए पनि आगामी दिनमा यसको क्षमता विस्तार गरिने उनको भनाइ छ।

बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठले एसी भएको कोठा नहुँदा विदेशी पर्यटक पोखरा नै जाने गरेको स्मरण गर्दै अब सभाहलदेखि राम्रो बाससम्म व्यवस्था भएकामा खुसी व्यक्त गरे।

गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठकले निजी क्षेत्रले गरेको लगानी सुरक्षा गर्नुपर्ने दायित्व रहेको बताए।

उनले आईएई ग्रुपका अध्यक्ष चन्द्र ढकालले पाथिभारामा लगानी गर्न अप्ठेरो भए धौलागिरिमै लगानी बढाउन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

भक्तपुरमा छोराले गरे आमाको हत्या

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

निर्वाचन सामग्री आपूर्ति : १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो

सानेपामा देउवा पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँका १ दर्जनभन्दा धेरै स्थानमा आज ३ घण्टा बिजुली कटौती हुने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com