ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल विधेयक: आईडी ह्याक गरे ३ वर्ष कैद र १५ लाख जरिवाना


एबीसी न्यूज

काठमाडौं १५ माघ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको आईडी ह्याक गरेमा ३ वर्ष कैद र १५ लाख रूपैयाँसम्म जरिवाना हुने भएको छ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले ल्याएको नयाँ विधेयकमा यस्तो सजायसहितको व्यवस्था गरिएको हो।

विधेयकको दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्नुहुँदैन।’

उपदफा २ ले यस्तो कसुर गर्नेलाई सजायको व्यवस्था गरेको छ। भनिएको छ, ‘उपदफा ९१० बमोजिम कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

नयाँ विधेयकमा सरकारले प्रयोगकर्ताहरूका लागि निकै कडा सर्तहरू प्रस्ताव गरेको छ। कसैको नित्तान्त व्यक्तिगत तथा निजी तस्बिर, अडिओ वा भिडिओ सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिई यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पारेमा ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’

विधेयकले सामाजिक सञ्जालमा बीभत्स तस्बिर, अडिओ, भिडियो पोस्ट वा सेयर गर्न नहुने भनिएको छ। दफा २४ को उपदफा ९१० मा भनिएको छ, ‘कसैले सामाजिक सञ्जालमा बीभत्स तस्बीर वा अडियो वा भिडियो पोस्ट वा सेयर गर्नुहुँदैन।’

यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

डिपफेक भिडियो अपलोड वा प्रसार गरेमा २ वर्षसम्म कैद सजाय वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जालमा कसैले फेक आईडी, पेज, समूह बनाएर वा अरूको नाममा आईडी खोलेर कुनै पनि विषयको कन्टेन्ट बनाइ पोस्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्ने गरेमा ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ।

त्यसरी फेक आईडी वा पेज बनाएर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

सञ्चालनको अनुमति नलिए फेसबुकलगायत सामाजिक सञ्जालमा रोक लाग्न सक्ने व्यवस्थासमेत विधेयकले गरेको छ।

सञ्चालनको अनुमति नलिए फेसबुकलगायत सामाजिक सञ्जालमा रोक लाग्न सक्ने गरी सरकारले नयाँ विधेयक ल्याएको हो।

सरकारले आज संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक, २०८१ ले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो।

विधेयक संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि मात्र कानुनका रूपमा लागू हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

सम्बन्धित

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com