ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली र भारतीय प्रतिनिधिले गरे नेपालमा भूकम्पपछिको पुनर्निर्माणको समीक्षा


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  १२ : ०७ बजे

काठमाडौं, १५ माघ । नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् ।नेपाल र भारतले सोमबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूसम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक आयोजना गर्दै समीक्षा गरेका हुन् ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

बैठकमा भारत र नेपाल सरकारका अन्य प्रतिनिधि, परामर्शदाता र परियोजनाको कार्यान्वयनमा संलग्न अन्य सरोकारवालाहरूको पनि उपस्थिति थियो ।‘बैठकले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएका भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको विस्तृत समीक्षा गर्यो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले सन् २०२१ मा आवास क्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्रअन्तर्गत सहमति भएका परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्यो ।’

बैठकमा स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगतिमाथि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । यी क्षेत्रअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो सम्पन्न गर्ने कुरामा सहमतसमेत भएका थिए ।
सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपीएमसी बैठकयता भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसहित २६ वटाभन्दा बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजना हस्तान्तरण गरिसकेको छ । यी परियोजनाको लागत ३३५.०८ करोड रुपैयाँ रहेको छ । यसका साथै, यो अवधिमा १७३।४९ करोड रुपैयाँ बराबर स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

बैठकमा दुवै पक्षले पुनर्निर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक–आर्थिक प्रभाव खास गरी रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सराहना गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) महावरले ललितपुर महानगरपालिका वडा नम्बर ८ को गुइटोलस्थित सांस्कृतिक सम्पदास्थल गुस्तल महाविहार पुनर्निर्माण परियोजनाको पनि भ्रमण गरेका थिए । भ्रमणको क्रममा उनले परियोजनाको प्रगतिको समीक्षा गरे । साथै उपभोक्ता समुदायका सदस्यहरूसँग कुराकानीसमेत गरे । दुवै पक्ष जेपीएमसीको अर्को बैठक उपयुक्त मितिमा आयोजना गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्षस्थानमा

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com