ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाम घटना, किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विज्ञ प्रहरी अछाम आउँदै


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  १२ : ०० बजे

काठमाडौं १५ माघ । ढकारी गाउँपालिकाका(८ ढकारीका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ुशंकास्पदु मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । यसअघि घटनास्थलमा तालिम प्राप्त कुकुरलाई ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली बोलाइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली पनि अछाम आउने सम्भावना छ । ‘सीआईबीसँग पनि नजिकबाट सहकार्य गरेर काम गरिरहेका छौँ । टोली अछाम आउने विषयमा कुरा भइरहेको छ । प्रदेशबाट पनि प्राविधिक अनुसन्धान गर्न विज्ञहरू नपुग्न सक्छ । अन्सुन्धानका हरेक विषयलाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख भण्डारीले भने ,‘मोबाइलको अनुसन्धान र अन्य प्राविधिक कुराले घटनाको यर्थाथतालाई बताउने भएकाले एक्सपर्ट आवश्यक भयो ।’

किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए ।

ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दुरीमा रहेको थियो । घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।

प्रत्यक्ष रूपमा हत्यामा संलग्न दुई जनाको नाम र योजनाकार, शव व्यवस्थापन गर्ने गरी सात जनाको नाममा आजै ९मंगलबार० किटानी जाहेरीको तयारी भएको मृतक किशोरीका आफन्त एवं ढकारी– ८ का पूर्व वडाध्यक्ष लालबहादुर भण्डारीले बताए । उनका अनुसार पोस्टमार्टमका लागि नेपालगन्ज लगिएका शव अछाम ल्याएर दाहसंस्कार गरिने छ ।

स्रोतका अनुसार आइतबार नियन्त्रणमा लिएका दुई जनाले आफूहरू हत्यामा संलग्न भएको संकेत दिएको र अन्य पनि संलग्न भएको जानकारी दिएको आधारमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लिएको छ ।

‘११ वर्षीय बालकको बयानले प्रहरीलाई अनुसन्धान गर्न धेरै सहयोग पुगेको देखिन्छ । यो घटनामा संलग्न भएको आशंकामा अझै केही पक्राउ पर्न सक्छन् । सुरुमा नियन्त्रणमा लिएकाहरूले हत्यामा संलग्न भएको लगभग स्वीकारेको देखिन्छ,’ स्रोतले भन्यो, ‘अहिलेसम्मको अनुसन्धानले हत्या नै भएको संकेत गरिरहेको छ । कसरी र किन भन्ने सन्दर्भमा नियन्त्रणमा लिएकाहरूको बयान र पोस्टमार्टम रिर्पोटले धेरै कुरा बताउने छ ।’

शुक्रबार बाख्रा चराउन गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का गाउँपालिकाको वडा नम्बर १ मा पर्ने रिमारवा छिन्ने जंगलमा शनिबार दिउँसो १५ मिटरको दुरीमा क्षतविक्षत अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com