ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ एआईका कारण अमेरिकी स्टक मार्केटमा भारी गिरावट


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  ७ : ४४ बजे

 

काठमाडौं १४ माघ । चिनिया एआई डिपसिकको आविस्कारका कारण अमेरिकी बजारमा सोमबार भारी गिरावट आएको छ। प्रिमार्केट कारोबारले अमेरिकी बजारमा ठूलो गिरावटको संकेत देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । विशेष गरी कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित व्यवसायमा अग्रस्थानमा रहेका कम्पनीहरूलाई सबैभन्दा धेरै असर परेको छ।चिनियाँ एआई कम्पनी डीपसिकले उच्चस्तरी च्याटबोटहरूको क्षमता निकै कम लागतका चिप प्रयोग गरेर सफलता हासिल गरेको खुलासा भएपछि अमेरिकी आइटी उद्योथमा तरंग ल्याएको छ। चिनिया पछिल्लो आविस्काकारका कारण प्रमुख चिप निर्माता एनभिडिया जस्ता कम्पनीहरूको उच्च मूल्याङ्कनमा लगानीकर्ताहरूको अपेक्षालाई पुनर्विचार गर्न बाध्य पारेको छ।

गुगल, मेटा, र ओपनएआई जस्ता कम्पनीहरूले आफ्नो एआई व्यवसाय निर्माण गर्न गरिरहेका ठूला लगानीको प्रभावलाई लिएर पनि बजारमा चिन्ता बढेको अमेरिकी समाचार माध्यमहरुले प्रमुखताका साथ उठाइरहेका छन् ।

एसएन्डपी ५०० को फ्युचर्स २ प्रतिशतभन्दा बढीले घटेको छ भने नास्डाक झन्डै ४ प्रतिशतले घटेको छ।
युरोप र जापानका बजारमा पनि प्राविधिक स्टकले दबाब सिर्जना गरेको बताइएको छ ।

प्रमुख कम्पनीहरूमा गिरावट

एनभिडियाः प्रिमार्केट कारोबारमा ५ प्रतिशतभन्दा बढीले यसमा गिरावट आएको छ । १०० अर्ब डलर भन्दा बढी बजार मूल्य गुमाउन पुगेको छ । एएमडी र एएसएमएल जस्ता अन्य चिप निर्माताहरूमा पनि ठूलो गिरावट देखिएको छ।
मेटाः ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
माइक्रोसफ्टः झन्डै ५ प्रतिशतको गिरावट आएको छ ।
ओराकलः ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
सफ्टबैंकः बहुराष्ट्रिय यस इन्भेष्टमेन्ट कम्पनीको टोकियो बजारमा ८ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ ।
चिनियाँ प्रतिस्पर्धा र अमेरिकी प्रतिक्रिया
डीपसिक को प्रगतिले विश्वव्यापी एआई प्रतिस्पर्धा बढ्दै गएको सङ्केत प्रष्टै देखिएको छ । यसै क्रममा, राष्ट्रपति ट्रम्पले अमेरिकी एआई उत्पादनलाई तीव्र बनाउन सवै खाले ूअवरोधहरू हटाउनेू कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

अमेरिकी सरकारले एनभिडिया जस्ता शक्तिशाली चिपहरू चीनलाई बिक्री गर्न रोक लगाउने चेतावनी दिंदै आएको छ ।

बर्नस्टिनका विश्लेषकहरूले डीपसिक को प्रगतिप्रति गहिरो चिन्ता नभएको बताएका छन्। एआई प्रणालीहरूको क्षमता बढे पनि चिपहरूको मागमा कमी नआउने भन्दै उनीहरुले अझै धेरै चिपहरूको आवश्यकता परिरहने दावी गरेका छन् ।

प्राविधिक क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, विशेष गरी चिनियाँ एआई कम्पनीहरूको प्रगतिले अमेरिकी बजारमा गहिरो प्रभाव पारिरहेको छ। प्रमुख कम्पनीहरूको आगामी त्रैमासिक नाफाको प्रतिवेदनको पर्खाइमा लगानीकर्ताहरूको चासोसँगै प्रश्नहरू उठाइरहेको वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

आज विश्व हिमनदी दिवस

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com