ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मर्केल पुन: चौँथो कार्यकालका लागि निर्वाचित


admin

बर्लिन, १ चैत । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ ।

जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।

जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।

संसदको स्पष्ट बहुमत उहाँलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित हुनुभएको तल्लो सदनका सभामुखले घोषणा गर्नुभएको थियो ।

मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ ।

निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेट्नु भएको छ भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।

यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित हुनु भएकोमा एन्जेला मर्केललाई बधाई दिनुभएको छ ।

उहाँले बुधबार पठाउनुभएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com