ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज अन्तर्राष्ट्रिय भन्सार दिवस, पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन


एबीसी न्यूज

काठमाडौं १३ माघ । पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो ।

आर्थिक वर्ष २०७६र७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । २०७६र७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७र७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा तीन अर्ब रुपैयाँ बण्ढी राजश्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९र८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०र८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा पनि कुल लक्ष्यको झन्डै ८१ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जाँचपास सहज बनाउने प्रयत्न गरेको गरेको बताउनुभएको छ । यसबाट अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण भएर भन्सार राजश्व बढ्ने अपेक्षा रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय एकद्वार प्रणालीमा बैंक तथा वित्तीय संस्था लगायत भन्सार जाँचपाससँग सम्बन्धित निकायहरू समेत आबद्ध गरी निकासी पैठारी सङ्केत नम्बर ९एक्जिम कोड० र बण्डेड वेयरहाउससम्बन्धी सम्पूर्ण कामकाजमा पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने पनि पुडासैनीले बताउनुभएको छ ।

अग्रिम यात्रु सूचना प्रणालीको माध्यमबाट यात्रुहरूको र कार्गो म्यानिफेष्टबाट मालबस्तुको पूर्व सूचना लिई जोखिम निर्धारण गर्ने, सबै भन्सार कार्यालयमा भन्सार राजस्व महसुल विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र भुक्तानी गर्ने, चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने पनि भन्सार विभागका महानिर्देशक पुडासैनीले उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com